गैरआवासीय नेपालीको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ : अध्यक्ष लिङ्देन

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपाली (एनआरएन)हरुको वंशजलाई नागरिकताको निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

विर्तामोडमा पार्टीको जिल्ला कार्यसमितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशमा बसोबास गरिरहेका नेपाली र उनीहरुको सन्तानलाई नेपालको समृद्धिसँग जोड्न नागरिकतामा निरन्तरता आवश्यक रहेको तर्क गरे ।

लिङ्देनले भने, ‘नेपाल बाहिर पनि नेपाल छ, प्रवासमा रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । तर उनीहरुलाई पनि नेपालको चिन्ता छ । त्यसैले वंशजले नागरिकतामा निरन्तरता पाउनुपर्छ ।’

उनका अनुसार विसं २०६२/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐन संशोधनमा दोहोरो नागरिकता नमान्ने प्रावधानले विदेशमा अध्ययन, रोजगारी र व्यवसायका लागि पुगेका नेपाली वंशजलाई ठुलो असर पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?