उम्मेदवार छनोट अघि रवि भेट्न नख्खु पुगे आकांक्षीहरु

लोकपथ
1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि उपनिर्वाचनमा आफ्नो उम्मेदवार आज घोषणा गर्न लागेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये रास्वपा पहिलो दल हुन जााँदैछ जसले उम्मेदवार घोषणा गर्दैछ ।

उपचुनावका लागि रास्वपाबाट ९ जना आकांक्षीहरू आन्तरिक प्रतिस्पर्धामा छन् । पार्टीले प्राइमरी इलेक्शनको माध्यमबाट उम्मेदवार चयन गर्ने नयाँ अभ्यास थालनी गरेको छ ।

प्राइमरी इलेक्शन सम्पन्न भइसकेको छ भने अब सचिवालयको बैठक बसेर उम्मेदवारको अन्तिम नाम टुंगो लाग्ने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

आज बेलुकी ५ बजे उम्मेदवारको औपचारिक घोषणा हुने तय भएको छ । सोभन्दा अघि नै ९ जना आकांक्षीहरू नख्खु कारागार पुगेर रास्वपाका  सभापति रवि लामिछानेलाई भेट्ने कार्यक्रम रहेको छ । भेटपश्चात् रविले पार्टीलाई आफ्नो राय दिनेछन् ।

उपचुनावमा उम्मेदवार बन्न आन्तरिक प्रतिस्पर्धामा रहेका व्यक्तिहरूमा कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौड्याल, पुनमकुमारी अग्रवाल, जितबहादुर गुप्ता, रचना क्षेत्री, मधु अर्याल र सुलभ खरेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?