पुस्तकालयलाई अनुसन्धान र सीप विकासको प्रमुख केन्द्र बनाउन आवश्यक : मन्त्री गुरुङ

लोकपथ
56
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

१८औँ पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले ग्रामीण क्षेत्रका पुस्तकालयमा कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाले सूचना पहुँचको खाडल घटाएको बताए ।

उनले पुस्तकालय केवल अध्ययन स्थल मात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरणा स्रोत भएको पनि उल्लेख गरे । मन्त्री गुरुङले भने, ‘महिला, बालबालिका, किसान, श्रमिक र विद्यार्थी सहित समाजका सबै तहका मानिसहरूले पुस्तकालयबाट सूचना, सिप र आत्मबल पाउँछन् । यद्यपि कानुनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण पुस्तकालय अझै पूर्ण क्षमतामा पुगेका छैनन् । अब सरकार, स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक छ ।

उनले पुस्तकालयहरूको सुधार गर्दै पठन–संस्कृति विकासका लागि सरकार लागिपरेको समेत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?