प्रधानमन्त्री ओलीले गरे चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

लोकपथ
70
Shares

थियानजिन । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार थियानजिनस्थित नानकाइ जिल्लाको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

चिनियाँ क्रान्तिका नेता तथा चीनका पूर्व प्रधानमन्त्री चाउ एनलाई र उनकी जीवनसाथी तेङ यिङ्चाओको सम्झनामा स्थापना गरिएको उक्त सङ्ग्रहालयको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् ।

अवलोकन टोलीमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत छन् सङलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन आएका हुन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा एससिओ शिखर सम्मेलनमा सहभागी हुन आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?