मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लोकपथ
245
Shares

बागमती । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल आइतबार अनियन्त्रित भई सडकछेउमा तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?