काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बोलाएको बैठकमा सो पार्टीका संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ ।
अध्यक्ष रञ्जिताले आज आइतबार र भोलि (सोमबार)का लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्दै छ ।
बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविधलगायत राखिएको छ ।
रेशम पक्षको केही दिनअघि बसेको बैठकले अध्यक्ष रञ्जितालाई पदमुक्त गर्दै रेशमकै बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया