फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो ?

लोकपथ
672
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार एकैपटक ३ हजार रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा २ हजार ४२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?