वीरगञ्जमा हैजाको प्रकोप : औषधि र जनशक्ति अभाव नहुने गृहमन्त्रीको प्रतिबद्धता

लोकपथ
105
Shares

पर्सा । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा देखिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकार अधिकतम प्रयासमा जुटेको बताएका छन् । शनिबार राति नारायणी अस्पताल पुगेर हैजाबाट पीडित बिरामीको अवस्थाबारे जानकारी लिएका गृहमन्त्री लेखकले नागरिकको ज्यान जोगाउन कुनै कमी हुन नदिने स्पष्ट पारे ।

‘हैजा फैलिएको अवस्थामा सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘औषधि र चिकित्सक अभाव हुन दिने छैनौँ, आवश्यक नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि समेत समन्वय र सहजीकरण गर्नेछौँ ।’

अस्पतालमा भर्ना भएका हैजा प्रभावित बिरामी र आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले बिरामी निको हुँदै गएको जानकारी दिए। उनका अनुसार अहिले अस्पतालसँग उपलब्ध स्रोतसाधनकै भरमा उपचार कार्य सन्तोषजनक ढंगले भइरहेको छ।

‘अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रममा छ,’ उनले भने, ‘उपचारपछि घर फर्किने बिरामीको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ।’

गृहमन्त्री लेखकले हैजाको प्रकोप नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रसँग आवश्यक समन्वय गर्दै सरकारले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?