काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेता र कार्यकर्तालाई एकजुट भई सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुनुपर्ने अवस्था छ। नत्र, माथिबाट नियम बनाइदिने, सदनबाट बल गरेर दलित ऐन बनाइदिने वा प्राधिकरण स्थापना गर्ने प्रयासले अधिकार प्राप्त हुँदैन। हामीलाई शक्ति चाहिन्छ ।’
प्रचण्डले विगतको अनुभव स्मरण गर्दै भने, ‘जनयुद्धको क्रममा संगठन ठुलो थिएन, तर राप, ताप, वाइसिएल र सेना रहेको थियो। “म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको म थिएँ, अहिले भने स्थिति त्यस्तो छैन, ‘उनले बताए ।
यद्यपि अध्यक्ष दाहालले फेरि सेना गठन गर्ने कुरा नभएको स्पष्ट गर्दै शान्तिपूर्ण आन्दोलनको आवश्यकता औँल्याए । उनले चाडपर्व सकिएपछि सडक आन्दोलनलाई मुख्य माध्यम बनाएर अघि बढ्ने योजना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया