पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : प्रदीप ज्ञवाली

लोकपथ
672
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधि नगर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले भण्डारीलाई पार्टीले राष्ट्रपति जस्तो गरिमामय पदमा पुर्‍याएको र त्यस कारण उनी पार्टी कमजोर बनाउने कार्यमा संलग्न हुनुहुँदैन भन्ने स्पष्ट पारे ।

उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च ओहोदामा रहेका व्यक्तिहरू राष्ट्रको अभिभावक हुन्  । संविधानले पनि यी पदमा रहनुभएका व्यक्तिहरूलाई दलीय राजनीतिमा फर्कन नमिल्ने व्यवस्था गरेको छ । पार्टी वा व्यक्तिगत स्वार्थका लागि यस्तो गरिनु उचित होइन ।’

ज्ञवालीले पूर्व राष्ट्रपति भण्डारीको पदीय गरिमा, योगदान र व्यक्तित्वको सम्मान पार्टीले सदैव कायम राख्ने उल्लेख गर्दै आगामी महाधिवेशनमा एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको र पार्टीभित्र यस विषयमा कुनै विवाद नरहेको पनि बताए ।

उपमहासचिव ज्ञवालीले भने, ‘हामी उहाँलाई सिंगै देशको अभिभावकको रूपमा हेर्न चाहन्छौँ । कुनै पनि व्यक्तिको व्यक्तिगत चाहना पूरा नभए पनि पार्टी वा संस्थालाई कमजोर पार्ने काम हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?