‘साउदीका ११ राजकुमार र चार मन्त्रीको गिरफ्तारी सुरुवात हो’

एजेन्सीरियाद, २१ कात्तिक । साउदी अरबका महान्यायधीवक्ताले दुई दिनअघि ११ जना राजकुमार र चार जना बहालवाला मन्त्रीसहित पूर्वमन्त्रीहरुको गिरफ्तारी भ्रष्टाचार विरोधी अभियानको सुरुवात मात्रै भएको बताएका छन् महान्यायधीवक्ता शेख साउद अब मोजेबले एक विज्ञप्ति जारी गर्दै यो गिरफ्तारीलाई भ्रष्टाचारको जरोसम्म पुगेर उखेलेर फाल्ने अभियानको सुरुवात भएको बताएका छन् आइतबार साउदी अरबमा ठूलो संख्यामा कारोबारी र राजनीतिक नेतृत्वललाई समेत भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको थियो । यो घटनाक्रमलाई साउदी युवराज मोहम्मद बिन सलमानको उदयपछि शक्तिको प्रदर्शनका रुपमा हेरिएको छ साउदीका ३२ वर्षीय युवराजको नेतृत्वमा रहेको भ्रष्टाचार नियन्त्रक समितिले ११ राजकुमार र चार मन्त्री तथा दर्जनौं पूर्वमन्त्रीलाई हिरासतमा लिन आदेश दिएको थियो पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त अरबपति व्यापारी अलवलिद बिन तलाल समेत रहेका छन् महान्यायधीवक्ता शेख साउद अलब मोजेबले विज्ञप्तिमा छानविनको पहिलो चरण पूरा भएको समेत उल्लेख गरेका छन् । जसमा लेखिएको छ, ‘बलिया तथ्यहरुलाई पहिले जम्मा गरेर गहन सोधपुछ गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?