विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

लोकपथ
196
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा शुक्रबार राति र शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ काठे पुलस्थित सडकमा स.१० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरी राजपुर नगरपालिका–९ का ३५ वर्षीय अशोक कुमार यादवको ज्यान गएको हो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि चपुरस्थित हाईवे अस्पताल लगिएकोमा त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–१० विशालचोकमा बा.१५ च ४६९३ नम्बरको कार दुर्घटना हुँदा सोही महानगरपालिका–२ आँपटारीका २९ वर्षीय बिप्लब भट्टको मृत्यु भएको छ । गम्भीर घाइते भएका भट्टलाई पुरानो मेडिकल कलेजमा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसैगरी, ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा बा।७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–३२ बालकुमारी बस्ने, दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?