काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच शनिबार चीनको तिआन्जिन शहरमा भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल–चीनबिचको आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई दुवै मुलुकबिचको सम्बन्धलाई थप सुदृढ पार्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ओली शनिबारै औपचारिक भ्रमणका क्रममा चीन पुगेका हुन् । भ्रमण टोलीमा नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरू समेत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया