वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभई सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको ‘वृहत् महिला सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै उनले परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको अग्रणी योगदान रहे पनि अझै अपेक्षित सम्मान प्राप्त नभएको उल्लेख गरिन् ।
‘अब महिलाहरू नेतृत्व, उद्यम सञ्चालन र समाज परिवर्तनमा पूर्णरूपमा सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ,’ भण्डारीले भनिन् ।
व्यापारिक केन्द्र वीरगञ्जमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा खेलेको अग्रणी भूमिकालाई उनले व्यक्तिगत मात्र नभई राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणको यात्रासँग जोडिन् ।
महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले अगली पुस्तालाई प्रेरणा दिने गरी अघि बढ्नुपर्ने बताइन् ।
‘हामीले लैंगिक असमानता, पूर्वाग्रह र अवरोध तोड्नुपर्नेछ,’ उनले भनिन्, ‘यसका लागि महिलाले आत्मविश्वासी भई समाजलाई सकारात्मक चुनौती दिँदै परिवर्तनको नेतृत्व लिनुपर्छ ।’
कार्यक्रममा पर्सा र बाराका उद्योग, व्यापार, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया