जम्मु–कश्मीरमा आकस्मिक बाढी : कम्तीमा ११ जनाको मृत्यु

लोकपथ
350
Shares
फाइल तस्बिर

भारत । भारतको जम्मु र कश्मीर क्षेत्रमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले कम्तीमा ११ जनाको ज्यान गएको छ । मृतकमध्ये चार जना बालबालिका रहेको बताइएको छ ।

रामबन र रियासी जिल्लामा शुक्रबार राति भएको बाढीका कारण ठुलो क्षति भएको छ भने पाँच वर्षका एक बालक अझै बेपत्ता रहेका छन् । स्थानीय आपतकालीन अधिकारीका अनुसार भीषण वर्षाले गाउँघरमा ठुलो विनाश ल्याएको छ ।

भारतको मौसम विभागका अनुसार जम्मुमा २४ घण्टामा २९६ मिलिमिटर र उधमपुरमा ६२९ मिलिमिटर वर्षा भएको छ, जुन विगतका रेकर्डभन्दा धेरै बढी हो । जलवायु विशेषज्ञहरूले अत्यधिक वर्षा, जलवायु परिवर्तन र हिमालयका ढल्किएका भूभागमा भइरहेको अव्यवस्थित निर्माणलाई बाढी र पहिरोको प्रमुख कारण बताउँदै आएका छन् ।

यसअघि पनि हिमालय क्षेत्र बाढी र पहिरोको मारमा परेको छ । गत १४ अगस्टमा चिसोटी गाउँमा आएको बाढीमा कम्तीमा ६५ जनाको मृत्यु भएको थियो भने ३३ जना अझै बेपत्ता छन् । त्यस्तै, ५ अगस्टमा उत्तराखण्डको धाराली नगरमा बाढी र माटोको धसावले करिब ७० जनाको ज्यान गएको अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?