देशभर अविरल वर्षापछि ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

लोकपथ
931
Shares
फाइल तस्बिर

काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ९ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको काली गण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुम पश्चिमको जाजरकोट सडक, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, तेह्रथुमको मध्य पहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । नवलपरासीपूर्वको काली गण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड पनि एकतर्फी सञ्चालनमा रहेका प्रहरी स्रोतले जनाएको छ ।

यात्रु तथा सामान ढुवानीमा बाधा उत्पन्न भएको हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन र सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?