महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो : बालेन

लोकपथ
798
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन् । 

३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मेयर साहले सानोमा हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको काम अहिले काठमाडौं महानगर प्रहरीले गर्दै आएको बताएका छन् । ‘फिल्ममा देखाइएको काम रियलमा हुनु खुसीको कुरा हो,‘उनले भने ।

उनले काठमाडौं महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको बताए र त्यसमा महानगर प्रहरीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । मेयर साहले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर महानगरपालिकामा सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा नगर प्रहरीको उल्लेखनीय योगदान छ ।

उनले थपे, ‘सानो हुँदा हामीले पुराना हलिउड फिल्महरूमा न्यूयोर्क सिटी पुलिसको काम हेर्दा केवल सिनेमामा मात्र यस्तो देख्न पाइन्थ्यो, तर अहिले तपाईँहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ । यो खुसीको कुरा हो ।’

मेयर साहले महानगर प्रहरी बलले आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय सरकारहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?