आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

लोकपथ
105
Shares

काठमाडौं । आन्दोलनरत उखु किसानहरूले भदौ २५ गतेदेखि अनिश्चितकालिन रूपमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेका छन् । 

शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको संयुक्त बैठकले सशक्त आन्दोलन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य भएकोले, सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारदेखि अनिश्चितकालिन राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएको छ । सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवारी नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्का हुनेछ ।’

किसानहरूले सरकारले बाँकी रहेको उखु अनुदान रकम तत्काल विना सर्त भुक्तानी गर्नुपर्ने र उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग समेत उठाएका छन् । यसले आन्दोलनरत किसानहरूलाई सडकबाट घर र खेततर्फ फर्किन सक्ने वातावरण निर्माण गर्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?