काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा उपमेयर डंगोलले महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने अभ्यासमा सुधार गर्नुपर्ने कुरामा जोड दिइन् ।
उनले फिल्डमा खटिँदा आफ्नो भूमिका व्यक्तिगत नभई संस्थाको र कानुनी शासनको प्रतिनिधित्व हो भन्ने स्पष्ट गर्न प्रहरीलाई आग्रह गरिन् ।
उपमेयर डंगोलले भनिन्, ‘सदैव यहाँहरुले बर्दी लगाएर फिल्डमा गईरहनु हुँदा म कोही व्यक्तिको प्रतिनिधि होइन, म संस्थाको प्रतिनिधित्व गर्छु, म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्।
साथै उनले काठमाडौं महानगरपालिकामा सुशासन स्थापनाका लागि नगर प्रहरी आफैँ उदाहरण बन्नुपर्ने पनि जोड दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया