बाजुरामा लगातार वर्षापछि पहिरोको जोखिम, २० घर संकटमा

लोकपथ
154
Shares

बाजुरा । लगातारको अविरल वर्षाका कारण बस्तीहरू पहिरोको जोखिममा परेका छन् । बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ विशेष रूपमा उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।

भदौ ६ गते परेको वर्षापछि तलगाउँको तलपट्टीबाट पहिरो गएको छ, जसका कारण गाउँका २० घर उच्च जोखिममा रहेका छन् । वडाध्यक्ष पाध्यायका अनुसार तीमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले जोखिममा रहेका २० परिवारको विवरण संकलन गर्दै आठ परिवारको स्थानान्तरणको आवश्यकता रहेको निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार हाल जिल्लाका ५३ भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा छन् । स्थानीयवासीहरूलाई सतर्क रहन र सुरक्षाको ख्याल राख्न सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?