झापामा स्वीमिङ पुलमा युवकको शव फेला

लोकपथ
259
Shares

बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवक मृत फेला परेका छन् ।

बिर्तामोड–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाईँ सो स्वीमिङ पुलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रसाईँ आफ्ना साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग दिउँसो ३ बजे पार्कमा घुम्न तथा पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भन्दै पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति करिब ८ बजे खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक डुब्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?