कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलमा लुकाइराखिएको ठूलो परिमाणको चरेश प्रहरीले बरामद गरेको छ । सोही होटलका सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ मा रहेको जयराम होटल एण्ड लज रेस्टुराँ सञ्चालन गर्दै आएका राम बोहरालाई प्रहरीले पाँच किलो ६९० ग्राम चरेशसहित पक्राउ गरेको हो ।
निरीक्षक जोशीका अनुसार बोहराको होटलमा शङ्काका आधारमा गरिएको चेकजाँचका क्रममा उक्त चरेश फेला परेको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।
यस्तै, जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया