काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको हाे । यसअघि पनि प्रधानमन्त्री ओली देश बाहिर जाँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए ।
प्रधानमन्त्री ओली चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन आज बिहान प्रस्थान गरेका हुन् । उनी यही भदौ १८ गते बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया