प्रधानमन्त्रीलाई बालेनको आग्रह : ‘लिपुलेक नेपालको भूमि हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु’

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि भएको तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान गरे लगत्तै मेयर साहले सामाजिक सञ्जालमार्फत भारत–चीनबिच भएको लिपुलेक नाका सम्बन्धी सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे प्रष्ट रूपमा चीनसँग कुरा उठाउन सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई शुभकामना दिँदै मेयर बालेनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ । त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?