कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको ज्यान गयो

लोकपथ
2.3k
Shares

चितवन । भरतपुरमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ३८ वर्षीय डा.विप्लव भट्ट रहेका छन् ।

आज बिहान करिब १ः३० बजे बा १५ च ४६९३ नम्बरको कार भरतपुर–१० रमाइलो चोकबाट विशाल चोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार चालक भट्ट दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?