काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।
हाल कायम रहेका २० वटा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंक पहिलो बनेको हो ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयर धनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसो त गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको थियो । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको थियो ।
गत आर्थिक वर्ष २०८१–०८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजसहित ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण गरिनेछ ।
कुन आर्थिक वर्षमा बैंकले कति गरेको थियो लाभांश वितरण गरेको थियो ?
त्यसो त माछापुच्छ्रेले आफ्ना सेयरधनीहरुलाई गत वर्ष भने लाभांश वितरण गरेको थिएन । बैंकले विभिन्न कारणले लाभांश वितरण गर्न नसकेको हो ।
त्यसो त बैंकले आर्थिक वर्ष २०७९–८० मा १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गरेको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७७–७८ मा १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसैगरी आर्थिक वर्ष ०७६–०७७ मा ७.०३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.३७ प्रतिशत नगद गरी कुल १०.४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकका अनुसार आर्थिक वर्ष २०७५–७६ मा ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११ प्रतिशत नगद गरी १६ प्रतिशत वितरण गर्दा आर्थिक वर्ष २०७४–७५ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकको तथ्यांक अनुसार २०७३–०७४ मा ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ६ प्रतिशत नगद गरी १५ प्रतिशत, आर्थिक वर्ष २०७२–७३ मा २०.७५ प्रतिशत बोनस र कर प्रयोजनसहित १.०९ प्रतिशत नगद गरी २१.८४ प्रतिशत र आर्थिक वर्ष २०७१–०७२ मा १६ प्रतिशत बोनस र कर प्रयोजनसहित ०.८४ प्रतिशत नगद गरी १६.८४ प्रतिशत लाभांश वितरण गरेको तथ्यांक रहेको छ ।
यता आर्थिक वर्ष २०७०–७१ मा १२ प्रतिशत बोनस र कर प्रयोजनसहित ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गरेको बैंकको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया