भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरी छ : मन्त्री राई

लोकपथ
238
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले प्रत्येक पार्टीमा रहेका भ्रष्ट र अशुद्ध नेताहरूलाई निर्वाचनमार्फत हटाउनु आवश्यक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टीमा अशुद्धता भएका मानिसहरू, भ्रष्ट मानिसहरू हरेक पार्टीमा छन् भने त्यसलाई फाल्न जरुरी छ । त्यसलाई निर्वाचनमा हराउन जरुरी छ। तर बहुदलीय व्यवस्था र गणतन्त्रको विकल्पमा अर्को उत्तम व्यवस्था हुन सक्दैन ।’

मन्त्री राईले गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि रवि लामिछानेले बैंकको चेकमार्फत पैसा उठाएको र कानुनअनुसार कारबाही गर्दा प्रतिशोधको प्रयास गरिएको आरोप पनि लगाए ।

उनले संसदमा छानबिन भइरहेको प्रक्रिया र आदिवासी, जनजातिहरूका अधिकारहरू वर्तमान व्यवस्थामै प्राप्त गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?