सरकारले उखु कृषकलाई संरक्षण गर्न चाहेन : वर्षमान पुन

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताएका छन् । 

उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उनले सरकारसँग स्वदेशी उद्योग र कृषकहरुलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाए ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरुलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिए । उनले सरकारसँग उखु किसानको बक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको बताए । 

 उपमहासचिव पुनले उखु किसानको माग तत्काल पुरा गर्न पनि सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?