काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन् ।
सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरु आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गरेकी थिइन् ।
सांसद थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गरिन् ।
उनले संसद बाहिर गएर सांसदहरुको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गरिन् ।
उनले आफूहरु बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरुले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया