महिला बेचबिखनमा संलग्न विचौलिया प्रहरीको नियन्त्रणमा

कपिलवस्तु, २१ कात्तिक – कपिलवस्तुको कृष्णनगरबाट दुई किशोरीको उद्धार गरिएको छ । मानब बेचबिखन तथा लैगिक हिंसाबिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरीको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एकजना बिचौलिया नियन्त्रणमा लिइएको हो बिचौलियालाई मानब बेचबिखन तथा ओसार पसारअन्तरगत ईलाका प्रहरी कार्यलय कृष्णनगरले मुद्धा दर्ता गरेको छ । पक्राउ बिचौलिय राजापुर १ बर्दियाका कृष्ण प्रसाद रेग्मी रहेका छन् । रेग्मी र अर्का एक फरार बिचौलियाले दैलेख घर भएका गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) लाई कुबेत लाने र कुबेतमा ठूलो रकम कमाउने आशा देखाउदै भारत हुदै कुबेत लैजान लागेको पाइएको छ पछिल्लो समय केआई नेपालको पहलमा धनकुटा, अर्घखाँची ,रुपन्देही ,दाङ्ग , कपिलबस्तु र सिन्धुलीमा गरी ९ जना बेचिन लागेका महिलाको उद्धार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?