काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार चीनतर्फ प्रस्थान गर्दैछ ।
प्रधानमन्त्री ओली चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराए । साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विश्वका अन्य मुलुकका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यसूची तय भएको बताए ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनपिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीले बताए ।
त्यस्तै चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि मेरो भेट हुनेछ । साथै चीनका राष्ट्रपति र उपराष्ट्पतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुने कार्यक्रम रहेको ओलीले जानकारी गराए ।
हालसम्म रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले जनाएका छन् ।
भ्रमणको अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै नेपालको प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) मा चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने प्रधानमन्त्री ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया