काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छन् ।
बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुखलाई समेत बोलाइएको छ ।
केन्द्रीय समितिको बैठक यही भदौ १५ र १६ गते बस्ने गरी बोलाइएको छ । बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ ।
बैठकमा समसामयिक राजनैतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक र विविध विषय एजेन्डाका रुपमा राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया