संयुक्त राष्ट्र सुरक्षा परिषद्का १४ सदस्यद्वारा गाजामा युद्धविरामको आह्वान

लोकपथ
224
Shares

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्का १५ सदस्यमध्ये अमेरिकाबाहेकका १४ सदस्य राष्ट्रहरूले गाजामा तत्काल युद्धविरामको माग गरेका छन् ।

उनीहरूले इजरायलले गाजा शहर कब्जा गर्ने उद्देश्यले गरेको सैन्य कारबाही विस्तारको निर्णयलाई उल्टाउन आह्वानसमेत गरेका छन् ।

सदस्य राष्ट्रहरूले ‘तत्काल, बिना सर्त र स्थायी युद्धविराम’ को माग गर्दै हमास र अन्य समूहहरूद्वारा बन्धक बनाइएका सबै व्यक्तिहरूको सम्मानजनक रिहाइका लागि आग्रह गरेका छन् ।

साथै, गाजामा मानवीय सहयोगमा ठोस वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । इजरायलको सैन्य कारबाही उल्टाउन आह्वान गर्ने राष्ट्रहरूमा अल्जेरिया, चीन, डेनमार्क, फ्रान्स, ग्रीस, गुयाना, पाकिस्तान, पानामा, कोरिया गणराज्य, रुस, सियरा लियोन, स्लोभेनिया, सोमालिया र संयुक्त अधिराज्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?