काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख नाघेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको हो । हिजोको तुलनामा सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेको हो ।
यसअघि बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार दुई हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला २ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यससँगै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया