नेपालमा जलविद्युतको अपार सम्भावना छ : मन्त्री भण्डारी

लोकपथ
126
Shares

 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युत उत्पादनको अपार सम्भावना रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालले उत्पादन गरेको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न सक्ने उल्लेख गरे ।

उनले विद्युत् उत्पादनसँगै विद्युतीय उपकरण र सामग्रीको प्रयोग पनि तीव्र गतिमा बढिरहेको बताए । ‘नेपालमा जलविद्युतको ठूलो सम्भावना छ । उत्पादन भइरहेको छ, त्यसलाई छिमेकी मुलुकमा निर्यात गर्न सक्छौँ । गुणस्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ, बजार सुनिश्चित छ,मन्त्री भण्डारीले भने ।

सरकारले निजी क्षेत्रबाट भइरहेको प्रयासलाई सहयोग गरिरहेको भन्दै उनले नेपालमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आह्वान गरे । उनले स्वदेशी उत्पादनलाई वृद्धि गर्न प्रतिस्पर्धा स्वाभाविक भएको र सरकारले नीतिगत सहुलियतमार्फत लगानी सहजीकरण गरिरहेको पनि स्पष्ट पारे ।

शुक्रबारदेखि सुरु भएको उक्त प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?