काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा भ्रमणका एजेन्डा तथा तयारीबारे जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीले लिपुलेकको विषयलाई राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका छन् । बालुवाटारमा पार्टीका नेताहरूसँग भएको छलफलमा उनले संसद्को विश्वास लिएर चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सो विषयमा स्पष्ट रूपमा कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया