छाउगोठमा सुतिरहेकाे बेला ढुंगाले किचेर महिला र बालिकाको मृत्यु, एक गम्भीर घाइते

लोकपथ
371
Shares

अछाम । अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुंगाले किच्दा मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ निवासी सात वर्षीया कविता भण्डारीको छाउगोठमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

घटनामा कविताकी आमा घाइते भएकी छन् । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?