जडिबुटीमा बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

लोकपथ
413
Shares

काठमाडौं । काठमाडौंको जडिबुटीमा आज (शुक्रबार) बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बिहान आकासे पुल नजिक रोकिराखेको बागमती प्रदेश–०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरतर्फबाट आउँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो । उनीहरू दुवै जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?