काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
महाशाखाले आज दिउँसो देशभर बदली रहने र सबै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ। साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदी-नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया