राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र फकाउने, दीर्घकालीन महत्वका विषयमा जनमत संग्रह

काठमाडौैं, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १० र २१ गते हुने संसदीय र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्प गरिएको छ राप्रपाले जारी गरेको ४० बुँदे संकल्प प्रस्तावको दुई नम्बर बुँदामा भनिएको छ, ‘सुन्दर, सबल, समतामूलक एवं समृद्ध राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिका निमित्त राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई चार प्रमुख बैचारिक आधारस्तम्भका रुपमा आत्मसात गरेको छ ।’जनताविना राष्ट्रको परिकल्पना समेत गर्न नसकिले उल्लेख गर्दै संकल्पमा जनतालाई बलियो बनाउनका लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । जसका लागि लोकतान्त्रिक प्रक्रियाबाट जनताको मन जितेर नेपालमा सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण गरिने उल्लेख छ राप्रपाले सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनस्थापना गर्ने तथा दीर्घकालीन महत्वका राष्ट्रिय विषयहरुमा जनताको राय वुझ्न जनमत संग्रहको विधि अबलम्बन गर्ने उल्लेख गरेको छ राप्रपाको घोषणापत्रमा नेपाल बन्द जस्ता कार्यक्रमहरु कहिल्यै पनि नगर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?