२८ सय माथि टिकेन शेयर बजार, ८ अर्ब नाघ्यो कारोबार

लोकपथ
224
Shares

काठमाडौं । बिहीबार शेयर बजार ३८.१० अंकले घट्दै २७८१ मा बन्द भएको छ । अघिल्लो दिन २८१९ मा बन्द भएको बजार आज सुरुवातमा उतारचढाव देखिए पनि दिउँसो साढे १ बजेसम्म २८ सय माथि नै थियो । त्यसपछि झन् ओरालो लाग्दै अन्ततः २७८१ मा झरेको हो ।

बजार सूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । २४ कम्पनीको मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ । सबै सेक्टरका सूचक घटे पनि निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले मात्र बढ्न सफल भएको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह २.३८ प्रतिशतले घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १।४०, अन्य १।७० र व्यापार समूह १.२६ प्रतिशतले घटे ।

कम्पनीगत रूपमा विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युत् ३.६२, थ्रीस्टार हाइड्रोपावर ३.४१, एनएलजी इन्स्योरेन्स ३.१९ र पिपुल्स पावर ३.१७ प्रतिशतले बढेका छन् ।

त्यसैगरी, ओरियन्टल होटलको मूल्य ४.७१ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लाग्यो । लुम्बिनी विकास बैंक ४.१८, सांग्रिला डेभलपमेन्ट बैंक ३.८७, सिक्लेस हाइड्रोपावर ३.८० र जनउत्थान सामुदायिक लघुवित्त ३.६६ प्रतिशतले घटे ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः शीर्ष पाँचमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?