काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित सुदूरपश्चिम प्रदेशमा हुने लगानी तथा विकास सम्मेलनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालमा लगानीको सबैभन्दा ठूलो सम्भावना खानी क्षेत्रमा रहेको बताए ।
उनका अनुसार चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत खानी क्षेत्रमा सफल मुलुकका विज्ञ, प्रविधि उत्पादक र संस्थाहरुलाई नेपाल आमन्त्रण गरेर लगानी अनुकूल वातावरण बनाउन लागिएको हो । उनले दैलेखको जलजले खानीले नेपालमा खानीको ठूलो सम्भावना देखाएको उल्लेख गरे ।
मन्त्री भण्डारीले नेपालले ग्यासमा आत्मनिर्भर बन्ने दाबी गर्दै मंसिर महिनादेखि ग्यास उत्पादन परीक्षण सुरु हुने जानकारी दिए । उनले भने, ‘व्यापार र उद्योग परिपूरक हुन् । बजार भएन भने उद्योग चल्दैन । त्यसैले खानी, खनिज हाम्रो अपार सम्भावना भएको क्षेत्र हो ।’
साथै उनले अब नेपालमा वस्तु आयात गर्दा एनएस (गुणस्तर प्रमाणपत्र) अनिवार्य गरिने बताए । गुणस्तर परीक्षणपछि मात्र वस्तु आयात गर्न दिइने उनको भनाइ छ ।
व्यापार द्वन्द्वको वर्तमान अवस्थाले नेपाललाई ठूलो अवसर दिएको बताउँदै उनले उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया