अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति 

लोकपथ
1.5k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासमेत रहेका पाँडेलाई बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । उनलाई बिहीबार अदालतमा हाजिर गराउँदा जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको ब्युरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिए ।

पाँडलाई साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको थियो । 

एसपी अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका थिए । पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?