काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार भन्दा २०८४ सम्म अर्को स्थिर र शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार एमाले र नेपाली कांग्रेसको साझा नेतृत्वमा रहेको शक्तिशाली सरकार भएको र त्यसको विकल्प तत्काल सम्भव नभएको बताए ।
उनका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएको विकृतिलाई सुधार गरेको छ । उनले भने, ‘कांग्रेस–एमएलएको दुई दलको शक्तिशाली सरकार छ । अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । स्थिर शक्तिशाली सरकार यही हो ।’
पौडेलले योजना बनाउँदा प्राथमिकतालाई ध्यान दिनुपर्ने बताए । उनले योजना आयोगले बनाएको योजना मात्र ठिक ठान्नु हुँदैन भन्दै, प्राथमिकतामा आधारित योजना निर्माण र विनियोजनमा अहिले गम्भीर समस्या रहेको र त्यसको समाधानको लागि प्रयास भइरहेको बताए ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको पनि दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया