मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवाद आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवाद समाधानका विषयमा प्रतिबद्धता व्यक्त भएको स्मरण गराए ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा विवाद समाधान नगरी छिमेकीसँग सम्बन्ध सुमधुर हुन नसक्ने स्पष्ट राखेको बताए । उनले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणको अवसरमा आयोजित प्रेस ब्रिफिङमा सीमा विवादको विषयमा चर्चा भएको थियो। भारतीय प्रधानमन्त्री मोदीले बाँकी रहेका सीमा समस्याहरू संवादमार्फत हल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।’
प्रचण्डले छिमेकी मित्रराष्ट्र भारतसँग संवाद प्रक्रिया सुरु गरी दुई देशबिचको सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया