काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ थियो । यसरी बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
यसैबिच चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया