साउथ अष्ट्रेलियासँग नेपाल ३ विकेटले पराजित

लोकपथ
742
Shares

काठमाडौं । नेपालको अष्ट्रेलिया भ्रमणअन्तर्गत भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग ३ विकेटले पराजित भएको छ । 

बिहीबार बिहान सम्पन्न खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको हो ।

साउथ अष्ट्रेलियाका निक विन्टरले सर्वाधिक ३६ रन जोड्दै जितमा महत्त्वपूर्ण भूमिका खेले । नेपालका तर्फबाट सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २ तथा कप्तान रोहित पौडेलले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन जोडे ।

यो हारसँगै नेपालले अभ्यास खेलमार्फत आफ्नो टोलीलाई अझ सशक्त बनाउनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?