डडेलधुरामा जिप दुर्घटना : चार जनाको मृत्यु, चार जना घाइते 

लोकपथ
238
Shares

काठमाडौं । डडेलधुराको नवदुर्गा गाउँपालिका–५ को चौडस्थित कच्ची सडक खण्डमा बिहीबार बिहान सवा ९ बजे भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कम्तीमा चार जना घाइते भएका छन् । 

से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिएको छ । तर यकिन हुन सकेको छैन । घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले ठाडा बजारबाट डडेलधुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको र मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनले जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको बताए । 

दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?