कालीगण्डकी करिडोर अवरुद्ध

लोकपथ
119
Shares

गुल्मी ।  पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

 उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए  ।

सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?