दिउँसो पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर साँझ छुटे

लोकपथ
6.9k
Shares

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।

महरलाई पीडितको उजुरीका आधारमा साइबर ब्यूरोले आजै पक्राउ गरेको थियो । उनीसँग बयान लिने काम सकिएपछि आजै छाडिएको ब्यूरोले जनाएको छ ।

महरविरुद्ध गत भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । आफूमाथि चरित्र हत्या गरेको र बलात्कार गरेको भन्दै एक महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन् ।

त्यसो त उनीमाथि महिलामाथि यौन हिंसा गरेको भिडियो नै सार्वजनिक भएपछि पार्टीले कारबाही समेत गरेको थियो । उनी यसअघि अनेरास्ववियुका अध्यक्ष समेत भइरहेका व्यक्ति हुन् । साथै उनलाई प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?